डाइभर्सन बगाएर कान्ति लोकपथ अवरुद्ध

डाइभर्सन बगाएर कान्ति लोकपथ अवरुद्ध

आज बिहानदेखि परिरहेको निरन्तर वर्षाका कारण मकवानपुर–काठमाडौं जोड्ने कान्ति लोकपथ अवरुद्ध भएको छ । दुई जिल्लाको सीमाना भीमफेदी गाउँपालिका–८ र बागमती गाउँपालिका–२ मा रहेको डाइभर्सन वर्षाले बगाएपछि सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय, मकवानपुरले सूचना जारी गर्दै काठमाडौंबाट हेटौंडा र हेटौंडाबाट काठमाडौं आउने सवारी साधनलाई वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरेको छ । 

‘मकवानपुर र ललितपुरको सीमाना मकवानपुरको भीमफेदी गापा–८ र ललितपुर जिल्ला बागमती गापा–२ ललितपुरतर्फको बागमती खोलामा सवारी साधन आवतजावत गर्न बनाएको डाइभर्सन बाटो वर्षाको कारण बगाएकोले तत्काल बाटो अवरोध भएकोले हाललाई हेटौंडाबाट काठमाडौं र काठमाडौंबाट कान्ति लोकपथ हुँदै हेटौंडा जाने सवारी साधनलाई अन्य बाटो प्रयोग गर्न अनुरोध गरिएको’,सूचनामा उल्लेख छ ।

टिप्पणीहरू