भविष्य चम्काउने अर्को योजनाको अन्तिम तयारीमा चीन

भविष्य चम्काउने अर्को योजनाको अन्तिम तयारीमा चीन

छिमेकी मित्रराष्ट्र चीनले देश र जनताको भविष्यका निम्ति अर्को नयाँ पाँच वर्षे योजना तर्जुमा गरेको छ । 

सन् २०२६ देखि २०३० सम्म लागु हुने १५ औं पञ्चवर्षे योजनाले चीनको आर्थिक र सामाजिक विकासमा नयाँ फड्को मार्ने विश्वास लिइएको छ । योजनामा नवीनता,दिगो विकास,आधुनिक उद्योग र ग्रामीण क्षेत्रहरूलाई सुदृढ बनाइने कार्यक्रम समावेश हुने अधिकारीहरुले जनाएका छन् ।

आगामी योजनाको लक्ष्य स्थीर रोजगार,नयाँ प्रविधि,सुदृढ औद्योगिक प्रणाली र सबैका लागि गुणस्तरीय उच्च जीवन राखिएको छ । भनिएको छ, ‘विश्वमा आपसी सहयोग र खुला अर्थतन्त्रको दृष्टिले चीनको थप आधुनिकीकरण र विकासको मार्गलाई तीव्र बनाउने  ।’

यो योजनावारे चीनको राष्ट्रिय विकास तथा सुधार आयोगले सन् २०२३ को डिसेम्बर १७ र १८ तारिखका दिन नै प्रारम्भिक अध्ययन गरिसकेको थियो ।

टिप्पणीहरू