रात परेपछि राजधानी छिर्ने मुख्य नाका बन्द

रात परेपछि राजधानी छिर्ने मुख्य नाका बन्द

त्रिभुवन राजपथको नागढुंगा–पिप्लामोड सडक निर्माण तथा सुधार गर्नुपर्ने भएकाले त्रिभुवन राजमार्गको नागढुंगा–नौबिसे खण्ड पर्सिदेखि रातको समयमा बन्द हुने भएको छ । नागढुंगा–मुग्लिङ सडक योजना (पूर्वी खण्ड)ले थानकोट नजिकैको नागढुंगा–पिप्लामोड सडक निर्माण तथा सुधार गर्नुपर्ने जनाउँदै सडक बन्द हुने जानकारी दिएको छ ।

पर्सिदेखि वैशाख मसान्तसम्म राति ११ बजेदेखि बिहान ३ बजेसम्म उक्त सडकमा सवारीसाधन रोकेर निर्माण गर्न लागिएको हो । चार घण्टाका लागि काठमाडौंबाट बाहिरिने सवारीसाधन नागढुङ्गा चेकपोष्टमा र काठमाडौं भित्रिने सवारी साधन खत्रीपौवा पुलमा रोकिने छ ।

आगामी १० दिन उक्त राजमार्गको सट्टा विकल्पको लागि सीतापाइला–भीमढुंगा–रामकोट–धार्के सडक तथा सामाखुशी–टोखा–गुर्जेभञ्ज्याङ–छहरे–त्रिशूली–गल्छी सडक प्रयोग गर्न अनुरोध गरिएको छ ।

रातको समयमा पनि एम्बुलेन्स र सुरक्षा निकायका सवारीसाधनहरु भने रोकिने छैनन् ।

टिप्पणीहरू