मुसहर समुदायलाई एसबिआईको सहयोग
नेपाल एसबिआई बैंकले सिरहाको हरिपुर नगरपालिका–७, का मुसहर समुदायका परिवार र बालबालिकालाई सहयोग गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत उनीहरुलाई आधारभूत आवश्यक वस्तु तथा शैक्षिक सामग्री प्रदान गरेको जनाएको छ ।
बैंकका मधेश प्रदेश प्रमुख उदय पंजियार थारुले समुदायका ५० परिवार तथा बालबालिकालाई उक्त सामग्री हस्तान्तरण गरेका छन् । एसबिआई बैंकले विपन्न तथा पिछडिएका वर्गहरुमा यस किसिमको कार्यक्रम समय–समयमा गर्दै आइरहेको छ ।
विगत ३१ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आइरहेको एसबिआई बैंकको देशभर एक सय शाखा, २२ एक्स्टेन्सन काउन्टर, २२ शाखारहित बैंकिङ, सात प्रादेशिक कार्यालय, एक सय २५ एटिएम र एक कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।
टिप्पणीहरू