फुट्छ कि जुट्छ एनआरएन ?

विवादवीच जमघट शुरु

फुट्छ कि जुट्छ एनआरएन ?

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको (एनआरएनए) महाधिवेशन यही मे ३ देखि ५ तारिखसम्म काठमाडौँको होटल हायत रेजेन्सीमा आयोजना हुँदैछ । सर्वोच्च अदालतको परमादेशपश्चात् हुन लागेको महाधिवेशनका लागि विश्वका ७० भन्दा बढी देशबाट प्रतिनिधि, परीवेक्षक काठमाडौं ओर्लिने क्रम जारी छ ।

दुई खेमामा विभक्त एनआरएनएलाई एकतामा ल्याउने उद्देश्यले सर्वोच्च न्यायालयबाट परमादेश जारी भएको छ । सोहीअनुरुप यो महाधिवेशनलाई ‘एकता महाधिवेशन’ नाम दिइएको छ । महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने भएकाले यतिबेला अध्यक्षलगायत विभिन्न पदका आकांक्षीहरु भित्रभित्रै लबिङमा व्यस्त देखिन्छन् ।  

यही सेरोफेरोमा जनआस्थाले बेलायतबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि विश्वास दीप तिगेला गरिएको कुराकानी :

अबको ४८ घण्टापछि एनआरएनएको महाधिवेशन उद्घाटन हुँदैछ, प्रतिनिधिहरु आउनेक्रम पनि चलिरहेको छ कतिको उत्साह देख्नुहुन्छ ?

गएको तीन–चार वर्षमा एनआरएनएभित्र धेरै किसिमका उतारचढाव देखा परे । अहिले विवाद एक किसिमले किनारा लागेको अवस्था छ । त्यसकारण धेरै साथीहरुमा उत्साह देखिन्छ । र, यो मे ३–५ ले एनआरएनए एकतावद्ध हुने मैले विश्वास लिएको छु । नआउनेहरु आफैँ पाखा लाग्छन् । संस्थाको भविष्यबारे एक किसिमको विमर्श र चिन्तन गरेर नै सबै एक ठाउँमा उभिने परिस्थिति बन्दै गएको मैले पाएको छु । यदि त्यो भएन भनेपनि महाधिवेशन त हुन्छ नै । र, नयाँ नेतृत्व पनि चयन हुन्छ ।
 
कोही साथीहरु महाधिवेशनमा सहभागी हुनुहुन्न भने उहाँहरुको वैधानिकता गुम्नेछ । यस्तो अवस्था आउन दिनुहुँदैन भन्ने हाम्रो अनुरोध छ । ६ तारिखदेखि एनआरएनए एउटै हुन्छ, यो वैधानिक संस्थाका रुपमा स्थिर रहन्छ । र, एनआरएनएभित्र देखिएको विवाद समाधान हुनेछ । 

जसरी देश संविधानअनुसार चल्छ त्यसैगरी एनआरएनए पनि एउटा विधि र विधानअनुसार चल्ने हो । तर, कोही विधि, विधानभन्दा पनि अमुक व्यक्तिप्रति बढी आशावादी देखिएको अवस्था छ । स्पष्ट कुरा के हो भने अहिलेको सरकार जब सत्तामा आयो, त्यसपछि केही साथीहरु न्यायालयको आदेशविपरीत पनि काम गर्दा हुन्छ भन्ने भ्रममा पर्नुभयो । न्यायालयको आदेशलाई पालना नगर्दा पनि हुन्छ भन्ने सोचमा लाग्नुभयो । त्यो उहाँहरुको ठूलो भूल र गल्ती हो ।

 
उहाँहरु भनेर तपाईंले कसलाई इंगित गर्न खोज्नुभएको हो र त्यो पक्ष किन असहमत भएको होला ?

हिजो एनआरएनएको कोषमा ३४ करोड रुपैयाँ जम्मा भएको थियो । अहिले तीन करोड रुपैयाँ मात्रै बाँकी रहेको छ । हामीले बुझेअनुसार त्यही पैसाले बद्री केसी समूहका केही व्यक्ति देश–विदेश घुम्दै महाधिवेशनमा भाँड्न लबिङ गर्दै कोषको करोडौं रकम दुरुपयोग गरेको कतिपय साथीहरुको आरोप छ । 

तर, उहाँहरुको त्यस्तो हर्कतका बाबजुद सात–आठ सय बढी डेलिगेट्सहरु काठमाडौं आइसक्नुभयो भने बाँकी पनि धमाधम आइरहनुभएको छ । अदालतको परमादेश नमान्ने उहाँहरु एनआरएनएको मान–मर्यादामा आँच पुर्याउने काम गर्दै हुनुहुन्छ । त्यो सबै साथीहरुले बुझ्नुभएको छ भन्ने हामीलाई विश्वास छ । उहाँहरु महाधिवेशनमा सहभागी भई कार्यक्रम सफल बनाउन विभिन्न र हरेक किसिमले खटिरहनुभएको छ ।

असन्तुष्ट पक्षलाई समेटेर लैजाने जिम्मेवारी तपाईंहरुको पनि हैन र ?

एउटा सन्देश के छ भने एनआरएनए भनेको एउटा साझा संस्था हो । यो कुनै व्यक्तिको अनुहार होइन । एउटै अनुहार वा एउटै नेतृत्व जहिलेपनि यसको मुखिया हुनुपर्छ भन्ने छैन । यो मान्यता र भ्रम यसपाली तोडिँदैछ । कतिपयलाई यो मन नपरेको पनि हुनसक्छ । तर, अब त्यस्तो सोच र चिन्तन छोडेर सबैले हातेमालो गर्दै अघि बढ्नु आवश्यक छ । 

पहिला खासखास अनुहारहरु एनआरएनए हो अरु होइनन् भन्ने एक किसिमको गलत सोचको विकास गराउने काम भएको थियो । तर, त्यो न्यायसंगत होइन । किनकि संस्था सामूहिक संगठन हो । एउटा नेतृत्व जान्छ, अर्को नेतृत्व स्थापित हुन्छ । यो प्रजातान्त्रिक विधि हो । लोकतान्त्रिक गन्तव्य पनि हो । यसपालिको महाधिवेशनमा नयाँ अनुहार, नयाँ नेतृत्व आउनुपर्छ भन्ने मेरो मान्यता हो । सबैले यो कुरा आत्मसात गर्ने हो भने संस्थालाई एकतावद्ध बनाउन अरु त्यस्तो कुनै समस्या  छ जस्तो लाग्दैन ।   

त्यसो भए तपाईँलाई कस्तो नेतृत्व आउनुपर्छजसतो लाग्छ ? 

हिजो ज–जसले नेतृत्व लिनुभयो, उहाँहरुको आर्शिर्वाद हामीलाई चाहिएको छ । तर, उहाँहरु नै नेतृत्वमा आउनुपर्छ भन्ने छैन । विवादमा नपरेका, सक्षम, सबैलाई सहज र सरल किसिमले पहुँच हुने, साथीहरुको समस्या समाधान गर्ने र व्यक्तिगत स्वार्थमा नलाग्ने खालको नेतृत्व हुनुपर्छ । 

एनआरएनएको कोषमा भएको ३४ करोड रुपैयाँ अहिले तीन करोडमा झरेको छ । त्यहीँ पैसाले बद्री केसीको समूहले विदेशमा अप्रवासी नेपालीहरुलाई एकता महाधिवेशनमा सहभागी हुन नदिन खेलोमेलो गरिरहनुभएको भन्ने आरोप छ नि ? 

यो सुनिएको हो, तथ्य थाहा छैन । यद्यपि, यसको सम्भावना छ । उहाँहरुले हामीलाई पहुँच दिनुभएको छैन । त्यसैले, हामीलाई सबै कुरा थाहा छैन । त्यसमाथि पनि उहाँहरुले एनआरएनएको भवन कब्जामा लिनुभएको छ । तपाईँले भन्नुभएको कुरा सत्य हुने सम्भावना पनि छ । यसको हिसाबकिताब उहाँहरुले दिनैपर्छ । तर, उहाँहरुका कारण महाधिवेशन रोकिँदैन । 

तपाईंले करोडौं रकम खर्च गर्नुभएको भनेपछि डेलिगेट्सहरुलाई खरिद गर्ने काम बद्री केसी समूहले गरेकोजस्तो देखियो त ? 

त्यस्तो त होइन, तर तपाईँलाई एउटा नयाँ जानकारी दिन मनलाग्यो । संस्थाको शुरुवाती चरणमा एनआरएनएको नाममा बैंकमा जुन खाताहरु थिए, त्यसमा पैसा थियो । तर, त्यसको ब्याज एनआरएनएको नाममा आउँदैन्थ्यो । तत्पश्चात् नयाँ नेतृत्व आएपछि त्यो ब्याजको बारेमा चासो राख्दा एनआरएनएभित्र विवादको बिजारोपण भयो । 
 
अर्को कुरा नेपालमा यो संस्था दर्ता भएपनि विदेशमा नेपाली काँग्रेस, नेकपा एमालेलगायत राजनीतिक दलहरुले आ–आफ्नै संस्था सञ्चालनमा ल्याएका छन् । त्यसमा बद्री केसीले नेतृत्व गर्नुभएको समूहको  बहुमत छ । केपी ओलीको सरकार गठन भएपछि बद्री केसी समूह उक्साहटमा आएको हो । खासगरी ओलीले केसी समूहलाई तपाईंहरु नै एनआरएनए हो भनेर बोलिदिनुभयो

टिप्पणीहरू