नेपालीको कम्पनी कतारमा पुरस्कृत
विभिन्न मुलुकका नागरिकलाई सीप प्रदान गर्दै आएकी एक नेपाली महिलाले सञ्चालन गरेको कम्पनीले कतारमा अवार्ड प्राप्त गरेको छ । महोत्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीकी छाेरी यासमिन नाजको क्युएसटी ट्रेनिङ्ग एण्ड कन्सल्टेन्सीलाई प्रतिष्ठित ‘कतार सीएसआर अवार्ड–२०२५’ ले सम्मान गरिएको हो ।
राजधानी दोहामा हिजो आयोजित सीएसआर समिटमा कतारका प्रधानमन्त्री तथा विदेशमन्त्री मोहम्मद बिन अब्दुल रहमान बिन जासिम अल थानीको संरक्षणमा कतार विश्वविद्यालयले अवार्ड प्रदान गरेको जनाइएको छ ।
उनको कम्पनीले नेपालसहित भारत, फिलिपिन्स, श्रीलंका, अफ्रिकालगायतका मुलुकका विभिन्न क्षेत्रमा कार्यरत कामदारहरुलाई सीपमुलक र वृत्तिविकासका लागि तालिम प्रदान गर्दै आएको छ । कतारको प्रतिष्ठित अवार्ड प्राप्त गर्नु आफूसँगै नेपालको लागि गौरवको विषय भएको उनको भनाइ छ ।
टिप्पणीहरू