निकै पछि ओली र माधवका मिले हात

निकै पछि ओली र माधवका मिले हात

नेकपा एकीकृत समाजवादीले सुशासन र रोजगारीको क्षेत्रमा देखिएका समस्या समाधानार्थ सरकारसमक्ष मागपत्र पेश गरेको छ । 

आज अपराह्न बालुवाटारस्थित प्रधानमन्त्री निवास पुगेर अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको टोलीले पत्र बुझाएको हो । एकीकृत समाजवादीले गत चैत १ गतेदेखि ‘सुशासन र रोजगारी,समाजवादको तयारी’ भन्ने नाराका साथ शुरु गरेको आन्दोलनअन्तर्गत सरकारको ध्यानाकर्षण गराउन मागपत्र पेश गरिएको जनाएको छ ।

माधवको हातबाट पत्र ग्रहण गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले समाजवादीले उठाएको माग आगामी वर्षको नीति तथा कार्यक्रममा समेट्ने बचन दिनुभएको छ । प्रम र समाजवादीका नेताहरुले केहीबेर बालुवाटारमा छलफलसमेत गरेका थिए ।

 

टिप्पणीहरू