नक्कली लाइसेन्स देखाएर जागिर खाएका शिक्षक अख्तियारको फन्दामा

नक्कली लाइसेन्स देखाएर जागिर खाएका शिक्षक अख्तियारको फन्दामा

सिराहाको चैनपुरस्थित महावीर माध्यमिक विद्यालयका शिक्षक टिकबहादुर मगरउपर मुद्दा दायर भएको छ । 

नक्कली अध्यापन अनुमतिपत्रका आधारमा माथिल्लो तहमा नियुक्ति लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज उनीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो । 

मगरले निम्न माध्यमिक विद्यालय तहको अध्यापन अनुमतिपत्रलाई मावि तहको बनाई नियुक्ति लिएको पाइएको अख्तियारको ठहर छ । आरोप पत्रमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ बमोजिम कैद र जरिवाना मागदाबी गरिएको छ ।

टिप्पणीहरू