चैतमा घुससहित समातिएकालाई वैशाखमा मुद्दा
घुससहित समातिएका एक जना प्रहरी सईविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । प्रहरी चौकी दुगौलिया, रुपन्देहीमा कार्यरत प्रहरी नायव निरीक्षक खिमबहादुर खड्काउपर मुद्दा दर्ता भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
आयोगको बुटवलस्थित कार्यालयबाट खटिएको टोलीले गत चैत १४ गते उनलाई ३० हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको थियो । खड्काले भारतबाट सामान ल्याउन सहजीकरण गरिदिने आश्वासनमा सेवाग्राहीसँग सो रकम बुझेका थिए ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ बमोजिम ३० हजार रुपैयाँ बिगो कायम गरी कैद र जरिवानाको मागदाबीसहित आज उनीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरिएको छ ।
टिप्पणीहरू