नयाँ एआइजी क–कसलाई कुन जिम्मा ?

नयाँ एआइजी क–कसलाई कुन जिम्मा ?

हिजोको क्याबिनेट बैठकबाट एआइजीमा बढुवा भएका छ जनाको आज पदस्थापन हुन लागेको छ । गएराति सरकारले छ जनालाई अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा गरेकोले ती सबैको आज दिउँसो फुली (दर्ज्यानी चिन्ह) लगाउने कार्यक्रम छ ।

सम्भवतः आजै फुलीसँगै पदस्थापनको पत्र पनि बुझाउन सकिने गृह स्रोतको दावी छ । जसअनुसार लालमणी आचार्यलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) मा खटाईंदै छ । उनी मुश्किलले एक महिना त्यहाँ रहनेछन्  । 

चन्द्रकुबेर खापुङलाई मानवश्रोत र कृष्णहरि शर्मालाई प्रशासन विभाग जिम्मा दिन लागिएको छ । 

उता दानबहादुर कार्कीलाई कार्य विभाग,राजन अधिकारीलाई अपराध अनुसन्धान र डा.मनोज केसीलाई प्रदेश समन्वय विभागमा लैजाने सम्भावना प्रवल रहेको बुझिएको छ ।

टिप्पणीहरू