प्रधानन्यायाधीशको भीसा आइपुगेन

प्रधानन्यायाधीशको भीसा आइपुगेन

पूर्व निर्धारित कार्यक्रमअनुसार यतिखेर प्रधानन्यायाधीश प्रकाश राउत टर्कीमा हुुनुपर्थ्यो । बेलायतको राजधानी लण्डन र टर्कीका दुई कार्यक्रममा सहभागी हुन उहाँ हिजो बिहान ९ बजे त्यता जाने कार्यक्रम थियो । तर,टर्की र बेलायतको भिसा लगाउन नयाँ दिल्ली पठाइएको पासपोर्ट उतै अड्किएर कार्यक्रम चौपट भैदियो । 

सर्वोच्च अदालतको उच्च स्रोतका अनुसार अब पर्सि आइतबार मात्रै उहाँ त्यता जानुहुने छ । 

यस्तो कसरी भयो ? भन्ने जनआस्थाको जिज्ञासामा स्रोत भन्छ, ‘श्रीमानको टर्की हुँदै बेलायत जाने कार्यक्रम थियो । बिहिवार यहाँबाट प्रस्थान गरेर साँझ इस्तानबुलको कार्यक्रममा सहभागी हुने योजना थियो तर भीसाको लागि पठाइएको पासपोर्ट नयाँ दिल्लीमै छुट्यो । भीसा लगाउने जिम्मा लिएको मान्छे गतिलो नपर्दा परिणाम यस्तो भयो ।’

काठमाडौंमा टर्कीको राजदूतावास नभएको र बेलायती भीसा पनि दिल्लीबाट मात्रै जारी हुने भएकोले यसनिम्ति नयाँ दिल्ली पुग्नैपर्ने बाध्यता छ । प्रधानन्यायाधीशको बैशाख २४ गते स्वदेश फर्कने कार्यक्रम रहेकाले संवैधानिक इजलास पनि त्यसपछि २८ गते मात्रै बस्ने गरी तय भयो तर यसपाली भीसा प्रकरणमा कमजोर सचिवालय र क्षमताहीन जनशक्तिका कारण मुलुककै इज्जतमा धक्का लागेको प्रधान न्यायाधीश स्वयंलाई महसुस भएको बताइन्छ ।

"सचिवालय,निजी सचिव र सहयोगी कर्मचारी राम्रोसँग नछान्दा या छान्दा कसरी अरु सफल या बदनाम हुने गर्छ भन्ने गतिलो उदाहरण यतिखेर काठमाडौं महानगर पनि बनेको छ ।"

सचिवालयका कारण न्याय क्षेत्रतर्फ प्रशासनिक प्रक्रियामा झण्झट केही दिन लम्बिने निश्चित छ । यसबाट राज्य तथा सर्वसाधारण निश्चित रुपमा प्रभावित भएका छन् । संवैधानिक अंगमा चार वर्षअघि नियुक्त ५२ भाइको मुद्दा हेर्दाहेर्दैमा परेको छ । यी सबै कार्यक्रम र इजलास पासपोर्ट रोकिएका कारण पछि धकेलिएको हो । 

भीसाको लागि न्यूनतम कति दिन आवश्यक हुन्छ,संवैधानिक अंगका प्रमुखहरुको भीसा तथा पासपोर्टको काम कुन हिसाबले गर्नुपर्छ भन्ने विषय नितान्त सम्बन्धित भिआइपीको सचिवालयले हेर्नुपर्ने काम हो । 
 
सचिवालय,निजी सचिव र सहयोगी कर्मचारी राम्रोसँग नछान्दा या छान्दा कसरी अरु सफल या बदनाम हुने गर्छ भन्ने गतिलो उदाहरण यतिखेर काठमाडौं महानगर पनि बनेको छ । मेयर बालेन साह र उनको सचिवालयलाई ‘क्षमताहीन र अराजक’ भनेर चिन्न थालिएको छ । मुलुकको राजधानी शहरसँगै सबैभन्दा ठूलो महानगर प्रमुखको जिम्मवारीमा रहेका बालेन स्वयम् ‘शिवजीको बुटी’ मा रमाएर जिम्मेवारी र दायित्वबाट बिमुख हुँदा उनका नाममा पिएले शासन गरेका धेरै उदाहरण छन् । 

सातौं तहका भूपदेव साहले आफैँलाई मेयरको रुपमा प्रस्तुत गर्दै उपमेयरदेखि अधिकांश जनप्रतिनिधिलाई धम्क्याउने गरेका छन् । उनले हालैमात्र बालेन विरोधी सबै जेल जाने धम्की दिएपछि अहिले बालेनको भागाभाग छ ।

टिप्पणीहरू