प्रचण्ड गृहजिल्ला हुँदै गोरखा पुगे

प्रचण्ड गृहजिल्ला हुँदै गोरखा पुगे

पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा पुग्नुभएको छ । 

गृहजिल्ला चितवन हुँदै उहाँ गोरखा जानुभएको हो । प्रचण्ड अहिले गोरखा नगरपालिका–१२ कुन्दुटारस्थित १० किलो आइपुगेको र त्यहाँ सहिद तथा बेपत्ता परिवारसँग भेटघाट गर्ने कार्यक्रम रहेको उहाँको सचिवालयले जानकारी दिएको छ । उहाँले सहिद भिष्म कुमालको घरमा खाना खानुभएको जनाइएको छ । 

प्रचण्ड आज बिहान १० सदस्यीय टोलीको नेतृत्व गर्दै बुद्ध एयरको जहाजबाट भरतपुर ओर्लनुभएको थियो । टोलीमा पूर्वउपप्रधानमन्त्री तथा माओवादीका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र अध्यक्ष प्रचण्डकी माहिली छोरीसमेत रहेकी भरतपुर महानगरकी मेयर रेणु दाहाल पनि थिए ।  
 
०७२ साल बैशाख १२ गते बारपाक केन्द्रविन्दु भएर गएको विकाशकारी महाभूकम्पमा परी गोरखामा ४७२ जनाको मृत्यु हुनुका साथै १९ जना वेपत्ता भएका थिए । त्यसमध्ये पनि सबैभन्दा ठूलो क्षति व्यहोरेको बारपाकले भोलि भूकम्पमा परी ज्यान गुमाउनेहरुको सम्झनामा स्मृति कार्यक्रम आयोजना गर्दैछ । 

प्रचण्डसहितका नेताहरुले त्यहाँ सम्बोधन गर्ने कार्यक्रम छ ।

तस्बिरहरुः

​​​​​​​

टिप्पणीहरू