राजा फर्काउने आन्दोलनमा प्रधानमन्त्रीविरुद्ध उग्र नारा

राजा फर्काउने आन्दोलनमा प्रधानमन्त्रीविरुद्ध उग्र नारा

राज फर्काउन सडकमा ओर्लिएका राप्रपाका कार्यकर्ताले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध उग्र नारा लगाएका छन् । 

बिजुली बजारबाट नयाँ बानेश्वरतर्फ लम्किएका उनीहरुले प्रधानमन्त्रीलाई सत्तोसराप गर्दै भद्दा नाराबाजी गरेका हुन् । आफ्ना नेता रिहाईको माग गरेका राजावादीहरुले 'केपी ओली चोर हो' को नारा लगाइरहेका छन् । 

कालो चस्मा लगाएर चिटिक्क परेका एक युवाले भट्याउने र अरुले उनलाई साथ दिने गरिरहेका छन् । राष्ट्रिय झण्डा ओढेका उनले उफ्री उफ्री 'केपी ओली बाख्रा चोर हो', 'केपी ओली ज्यानमारा हो', जस्ता अभद्र नारा लगाउँदै 'हाम्रा नेता रिहाइ गर' भनेका छन् । 

प्रहरी दमन बन्द गर भनेका उनीहरुले गृहमन्त्रीको राजीनामा मागेका छन् । त्यस्तै, 'राजा आऊ देश बचाऊ'  र 'हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ' को सदाबहार नारा पनि छुटाएका छैनन् । 

गत चुनावमा झापालगायत देशका विभिन्न क्षेत्रमा एमालेसंग भोट साटासाट गरेका राप्रपाका कार्यकर्ता पछिल्लो समय भने प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीप्रति आक्रमक छन् ।

टिप्पणीहरू