विवाहलगत्तै डिभोर्स, शारीरिक सम्बन्ध र राजतन्त्र सँगसँगै

नेपाली नागरिकता त्यागेर अमेरिकी बनेकी नायिका अरुणिमा लम्सालले आठ महिना पुग्दा नपुग्दै सम्बन्ध विच्छेद गरेकी छन् । पहिलो श्रीमानसँग जन्मेकी छोरीसँग अमेरिकामा बस्दै आएकी उनले गत वर्ष भदौमा नेपाल आएर काँग्रेसका स्थानीय नेता युवराज श्रेष्ठसँग विवाह गरेकी थिइन् ।
बराह क्षेत्रका श्रेष्ठसँग पहिले सुनसरी जिल्ला अदालतमा कोर्ट म्यारिज गरिन् । त्यसपछि काठमाडौं,बत्तिसपुतलीस्थित राममन्दिर पुगेर श्रेष्ठको सिन्दुर, चुरा र पोते लगाइन् ।
दोस्रो विवाहलगत्तै अमेरिका गएकी उनी गत महिना नेपाल आएपछि सम्बन्ध विच्छेदको चर्चा चुलियो । पहिलो विवाह केही वर्ष टिके पनि दोस्रो वर्ष दिन पनि टिकेन । तर, सम्बन्ध विच्छेदपछि उपयुक्त केटो पाए तेस्रो विवाहको लागि आफू तयार रहेको खबरले सामाजिक सञ्जाल तातेको छ । साथै विवाह गरेपनि श्रेष्ठसँग शारीरिक सम्बन्ध नराखी अमेरिका गएको उनको दावीमाथि पनि सञ्जालमा धेरैले टिकाटिप्पणी गरेको पाइन्छ ।
‘एक पन्थ,दो काज’ जस्तै काठमाडौं आएको मौका पारेर लम्साल पनि दुर्गा प्रसाईंका समर्थकले झैँ राजतन्त्रको वकालत गर्दै हिँडेकी छन् । विभिन्न सञ्चार माध्यमसँगको कुराकानीमा उनले तेस्रो विवाह र राजतन्त्रको कुरो उठाएकी छन् ।
हालैमात्र एक जना अमेरिकी नागरिकलाई राजाको पक्षमा लागेको भन्दै देश निकाला गरिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले चैत १४ गते माइतीघरमा गरेको प्रदर्शनमा सहभागी उनी ‘राजा आऊ, देश बचाऊ’ भन्दै चिच्याएपछि देश निकालामा परेका छन् । भिडियो समाजिक सञ्जालमा भाइरल भएपछि सरकारले कारबाही स्वरुप उनको देश फिर्ता पठाएको हो ।
अमेरिकी नागरिक जुलियन किर्पललाई दुई वर्ष नेपाल प्रवेश गर्न नमिल्नेगरी देश निकाला (डिपोर्ट) गरिएको बताइन्छ । उता अमेरिकाले पछिल्लो तीन महिनामा पाँच दर्जन बढी नेपालीलाई अमेरिकाबाट निष्कासित गरिसकेको छ । उसले अवैध विदेशीलाई निष्कासन गरेको जनाएको छ भने नेपालले आन्तरिक मामिलामा दखल पुर्याउने उद्देश्यले सक्रिय विदेशीलाई त्यस्तै कारबाही गरेको छ ।
टिप्पणीहरू