संसदीय समितिमा पानी जहाजबारे छलफल
राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिमा आज पानीजहाज विधेयकमाथि सांसदहरुले दफावार छलफल गरेका छन् ।
राष्ट्रिय सभाबाट आएको विधेयकमाथि समितिले दफावार छलफल गरिरहेको छ । आजको बैठकमा सांसदहरुले पानी जहाज सञ्चालन गर्नुअघि आधिकारिक संस्थाले सर्भे गर्नुपर्ने लगायतका विषयमा संशोधन हाले ।
विधेयकको परिच्छेद ५ सम्म छलफल भई पारित भइसकेको छ । पानीजहाज सञ्चालन र निर्माणसम्बन्धी व्यवस्था, जलमार्गको रुट निर्धारण र प्रयोग सम्बन्धि व्यवस्था तथा पानीजहाजको स्वामित्वका सम्बन्धमा सांसदहरूबीच सहमति जुटिसकेको समिति सभापति तुलसाकुमारी दाहालले जानकारी दिइन् ।
उहाँले कुनैपनि मुलुकबाट समून्द्रसम्म यात्रु ओसारपोसार गर्ने, ढुवानी गर्ने, समुन्द्रमा माछा मार्ने वा समुन्द्रमा पारवहन वा आर्थिक उपार्जनको लागि क्रियाकलाप गर्ने विषय विधेयकको परिभाषाभित्र अटाइएको बताउनु भयो ।
टिप्पणीहरू