प्रधानमन्त्री पुगेपछि पत्रकारहरु रुष्ट
प्रधानमन्त्री केपी शर्मा ओलीले आज मधेश प्रदेश सभालाई सम्बोधन गर्नुभएको छ । उहाँ नेपाली सेनाको हेलिकोप्टरमा बिहान जनकपुर विमानस्थलमा उत्रेपछि स्थानीय पत्रकारहरुलाई नजिक जान नदिएपछि उनीहरु आक्रोशित भएका हुन् ।
पत्रकारहरुलाई माथिको आदेश भन्दै प्रहरीले अनादर गरेको जय सञ्चारकर्मी जय कुँवरले बताए । उनका अनुसार सेनाले विमानस्थलमा परिचयपत्र देखाएर पत्रकारहरु जान पाउने आदेश भएको जनाएपनि प्रहरीले रोकेको उनको आरोप छ । कतिपय पत्रकारलाई सुरक्षाकर्मीले जबर्जस्ती गरेर बाहिर धकेलेको उनले बताए ।
समाचार संकलनको निम्ति विमानस्थलभित्र जान खोजेका पत्रकारहरुलाई प्रहरीले दुव्र्यवहारको प्रयास गरेको आरोप छ ।
प्रधानमन्त्री मधेश प्रदेश सभालाई सम्बोधन गरेपछि मुख्यमन्त्री, प्रदेश सभामुख, एमाले संसदीय दलका नेतासँग संक्षिप्त भेटघाट गरेर हेलिकोप्टरमा सैनिक क्याम्प सिरहा जानुभएको छ । सदरमुकाम लहानमा शहीद हेमनारायण यादवको शालिकमा माल्र्यापण गरेपछि सूर्यनारायण सत्यनारायण मौरवेत्ता यादव क्याम्पसको चौरमा आयोजित आमसभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।
दिउँसो साढे ३ बजेपछि उहाँ सोही हेलिकोप्टरमा राजधानी फिर्ता हुनुहुने छ । भोलि केबलकार निर्माणमा विवाद उत्पन्न भएको ताप्लेजुङ जानुहुने छ ।
टिप्पणीहरू