आकाशमै बिरामी बोकेर बुध्दको जहाज फर्कँदै

आकाशमै बिरामी बोकेर बुध्दको जहाज फर्कँदै
सुन्नुहोस्

बुध्द एअरको काठमाडौंबाट भैरहवा उडेको जहाज बीच बाटोबाटै फर्काइएको छ । उडान नम्बर यु ८५७ कल साइनको जहाज भैरहवा ल्याण्ड नगरी फर्काइएको हो । जहाजमा सवाररत एक यात्रु अस्वस्थ भएपछि गन्तव्यमा नपुग्दै फर्काउनुपरेको बुझिएको छ । 

स्रोतका अनुसार ती बिरामी यहाँबाट उड्ने बेलै ‘मेडिकल्ली अनफिट’ थिए । जहाज उडिरहेको अवस्थामा उनलाई गाह्रो भएपछि सम्पूर्ण यात्रुसहित जहाज फर्काइएको स्रोतको भनाइ छ । पछिल्लो समय एअरलाइनसले पैसाका लागि स्वास्थ्य चेकजाँच नै नगरिकन यात्रु हाल्न थालेको छ । जसका कारण यस्ता घटना हुँदा अरु थुप्रैले दु:ख पाइरहेका छन् ।

टिप्पणीहरू