विधेयकलाई सम्पुष्ट बनाउने अर्थमन्त्रीको विचार
उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधेयकलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएको छ । आज संसद्को अर्थ समितिको बैठकमा उहाँले सदनमा रहेका विधेयकलाई संगतिपूर्ण, सम्पुष्ट र राम्रो बनाउनुपर्ने बताउनुभएको हो ।
बैठकमा आज भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर दफावार छलफल भएको थियो । सोहीक्रममा अर्थमन्त्री पौडेलले त्यस्तो धारणा राख्नुभएका अर्थमन्त्रीले विधेयक छिटोभन्दा छिटो टुंगोमा पुर्याउनुपर्ने बताउनुभयो ।
‘हामीलाई दुई वटा चिज सँगै गर्नुछ । एकातिर विधेयकलाई सकेसम्म संगतिपूर्ण, सम्पुष्ट, सकेसम्म राम्रो बनाउनुपर्ने एकातिर छ भने अर्कोतिर छिटो भन्दा छिटो टुंगोमा पुर्याउनुपर्ने आवश्यकता छ', उहाँले भन्नुभयो, ‘छिटो र राम्रो गर्नुपर्ने आवश्यकताका बीचमा तादात्म्यता कायम गरिकन समितिले यो विधेयकलाई जसरी अगाडि बढाएको छ । त्यसका निम्ति खुशी व्यक्त गर्न चाहन्छु ।’
समितिको बैठकमा बोल्दै नेपाली काँग्रेसका सांसद एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भन्सार भनेको भिन्नै ग्रह हो र भिन्नै नियम बनाइरहेका छौँ भन्नेगरी सोच्न नहुने धारणा राख्नुभयो । विधेयकमा बैंक ग्यारेन्टीको अर्को एउटा विकल्प राख्दा अन्यथा नहुने उहाँको सुझाव छ ।
अर्थ समितिमा केही दिनयता भन्सारसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर दफावार छलफल भइरहेको छ ।
टिप्पणीहरू