डेढ दर्जन क्याम्पसमा क्रान्तिकारीका उम्मेदवार निर्विरोध

डेढ दर्जन क्याम्पसमा क्रान्तिकारीका उम्मेदवार निर्विरोध

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले २० वटा क्याम्पसमा सभापति जितेको छ ।  

त्रिभुवन विश्वविद्यालयका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा आज चैत ५ गते निर्वाचन हुँदैछ । त्यसमध्ये आज ५५ आंगिक क्याम्पसमा उम्मेदवारी मनोनयन दर्ता भएको छ । 

क्रान्तिकारीको एकल उम्मेदवारी परेका २० क्याम्पसमा सभापति निर्विरोध निर्वाचित भएका हुन् । 

यी हुन् क्रान्तिकारीका उम्मेदवार सभापति जितेका क्याम्पस :

जुगल बहुमुखी क्याम्पस, सिन्धुपाल्चोक - सुस्मिता श्रेष्ठ 

सहयोगी बहुमुखी क्याम्पस, काठमाडौ - प्रदिप श्रेष्ठ 

नेत्रावती  बहुमुखी क्याम्पस धादिङ - अभिषेक थपलिया 

शितल क्याम्पस चौरजहारी, रुकुम पश्चिम - प्रकाश डाँगी 

शान्ति आदर्श बहुमुखी क्याम्पस, चौघानपाटा बझाङ - बम धामी 

सिजा बहुमुखी क्याम्पस जुम्ला - सन्तोष आचार्य 

राडीज्युला शिक्षा क्याम्पस, रुकुम पश्चिम - सुप्रिम वली 

गलुवा क्याम्पस, हुम्ला - रिमिलाल बुढा

सिम्रुत क्याम्पस, दार्चुला - जानकी टमटा

श्रीकृष्ण क्याम्पस, धादिङ - सविन श्रेष्ठ 

संजिवनी क्याम्पस, काभ्रे - दिपक रानामगर 

प्रभा बहुमुखी क्याम्पस, काभ्रे - सुजन चौलागाई

कर्मैया आदर्श जनता क्याम्पस, सर्लाही - रेवेन्द्र दाहाल 

बनगाढ क्याम्पस, सल्यान - जिवन विष्ट 

रोल्पा नमूना क्याम्पस - ओनसरी घर्तीमगर 

सिद्दीपृथ्वी जनता क्याम्पस, दाङ - सुदिप चौधरी 

सिम्रुतु क्याम्पस त्रिवेणी, रुकुम पश्चिम - दिपेन्द्र वली 

सानीभेरी शिक्षा क्याम्पस, रुकुम पश्चिम - वीरभान भण्डारी 

लिकु संयुक्त क्याम्पस, डोल्पा - राजेन्द्र गिरी

स्यार्फु बहुमुखी क्याम्पस, रुकुम पश्चिम - टेकराज विश्वकर्मा

टिप्पणीहरू