समाजवादीको कार्यालयमा समाजवादी मोर्चाको बैठक

समाजवादीको कार्यालयमा समाजवादी मोर्चाको बैठक

नेकपा एकीकृत समाजवादीको कार्यालयमा नेकपा समाजवादी मोर्चाको बैठक बसेको छ । एकीकृत समाजवादीको पार्टी मुख्यालय, आलोकनगरमा अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठकमा राजावादीहरुविरुद्ध निकालिने प्रतिकार जुलुस र समसामयिक राजनीतिबारे छलफल भइरहेको बताइन्छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देवबहादुर गुरुङ, नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्र राय र सहअध्यक्ष गंगा नारायण श्रेष्ठ, एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे र उपाध्यक्ष डा.गंगालाल तुलाधर, नेकपा विप्लव समूहका प्रवक्ता प्रकाण्डलगायतको बैठकमा उपस्थिति छ ।

टिप्पणीहरू