रामगुलामको अंगालोपछि भारतीय प्रधानमन्त्री दङ्ग
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मौरिससको राजधानी पोर्ट लुई पुगेका छन् । हिन्द महासागरमा अवस्थित टापु राज्यको दुई दिने भ्रमणमा निस्केका मोदीलाई त्यहाँका प्रधानमन्त्री नवीनचन्द्र रामगुलामले विमानस्थलमा भर्खरै स्वागत गरेका हुन् ।
मोदीलाई भोलि आयोजना गर्न लागिएको मौरिससको राष्ट्रिय दिवस तथा ५७ औं स्वतन्त्रता दिवस समारोहमा प्रमुख अतिथि बनाईंदै छ । सन् १९६८ मा बेलायतबाट स्वतन्त्र भएको उक्त मुलुकमा सन् १९९२ मा गणतन्त्र घोषणा गरिएको थियो ।
मौरिसस हिन्द महासागरमा रहेका विभिन्न टापु मुलुकमध्ये सबैभन्दा धेरै भारतीय प्रभाव रहेको मुलुकको रुपमा परिचित छ ।
टिप्पणीहरू