नेपाली सेनाको डफ्फा बोकेको विमान कोलकाता ‘डाइभर्ट’

नेपाली सेनाको डफ्फा बोकेको विमान कोलकाता ‘डाइभर्ट’
सुन्नुहोस्

नेपाली सेनाको डफ्फा बोकेर लेबनानबाट आएको एउटा विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन नसकेपछि कोलकाता डाइभर्ट भएको छ । इथियोपियन एअरलाइन्सको चार्टर्ड उडान नम्बर इटी ८७०४ विमान खराब मौसमका कारण उता गएको बताइएको छ ।

बिहान सवा ७ बजे अवतरण गर्नुपर्ने विमानले लामो समय सिमरा र हेटौंडामाथिको आकाशमा होल्ड गर्दै फन्को लगाएको थियो । विमानमा इन्द्रध्वज गण शान्ति सेना ६५ औं डफ्फाको चौथो रोटेसन टोली रहेको बताइन्छ ।

टिप्पणीहरू