पूर्वराजा विमानस्थलबाट निर्मल निवासतर्फ, समर्थकहरुद्वारा गणतन्त्र विरोधी नारा

सुन्नुहोस्

पूर्व राजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौँ आइपुग्नुभएको छ । उहाँ एक महिनापछि समिट एयरको चार्टर उडानमा केही बेरअघि  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्नुभएको हो ।

पूर्व राजालाई विमानस्थल बाहिरको गोल्डेन गेट अगाडि भेला भएका हजारौँ समर्थकले स्वागत गरेका छन् । उनीहरुले ‘राजतन्त्र जिन्दावाद’, ‘गणतन्त्र मुर्दावाद’ लगायत नारा पनि लगाइरहेका छन् । 

पूर्व राजा ज्ञानेन्द्रले गुडिरहेको टोयोटा जिपमा उभिएर समर्थकहरुको स्वागत ग्रहण गर्नुभएको छ । उहाँ चक्रपथको गौशाला, चाबहिल, महाराजगञ्ज हुँदै निर्मल निवासतर्फ जानुभएको हो ।

टिप्पणीहरू