भुटानी अधिराजकुमारी फर्किइन्, उताबाट रिन्पोछेको आगमन

भुटानी अधिराजकुमारी फर्किइन्, उताबाट रिन्पोछेको आगमन

भुटानी अधिराजकुमारी खेसाङ वाङमो वाङचुक स्वदेश फर्केकी छन् । उनी ड्रुक एअरको उडान नम्बर केबी ४०१ मा बिहान ९ बजे काठमाडौंबाट भुटानको पारो गएकी हुन् ।

गत मंगलबार आधा दर्जन सदस्यसहित यता आएको भुटानी राजपरिवारका सदस्यलाई बस्ने प्रबन्ध होटल हायातमा मिलाइएको थियो । यसअघि श्रीमान सोनाम तासीसहित मंसिर २४ गते नेपाल आएकी उनी त्यतिबेला १० दिन बसेकी थिइन् ।

सोही उडानमा संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनका नेपाल र भुटानका लागि प्रतिनिधि केन सिमिजु पनि पारो गएको बताइन्छ । 

आजै सोही विमानको उडानमा भुटानबाट बौद्ध धर्मगुरु राब्जान रिन्पोछे तीन जनाको टोलीसहित काठमाडौं आएका छन् ।

टिप्पणीहरू