सत्ता पक्षका सांसदलाई अध्यादेशमा ह्विप
सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले भोलिको प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदलाई ह्विप जारी गरेका छन् । सरकारले प्रस्तुत गरेका छ मध्ये पाँच विधेयक स्वीकृतिका लागि निर्णयार्थ पेस गर्ने भएपछि दुबै दलका तर्फबाट छुट्टा-छुट्टै ह्विप जारी गरिएको हो ।
ह्विपमा भनिएको छ, 'फागुन २१ गते १ बजे बस्ने संसदको बैठकमा अध्यादेशहरू स्वीकृतिका लाागि प्रस्तुत हुने हुँदा बैठकमा अनिवार्य उपस्थित भई अन्तिमसम्म रहन यो ह्विप जारी गरिन्छ ।’
सरकारले हिउँदे अधिवेशन शुरु हुन दुई साताअगाडि जारी गरेका छ वटा अध्यादेश राष्ट्रिय सभामा बहुमत नपुगेका कारण सदन खुलेको एक महिनासम्म निर्णयार्थ पेश हुन सकेको छैन । सत्ता पक्षकै जसपा नेपाल र लोसपासँगको छलफलपछि भोलि सदनमा पाँच वटा अध्यादेश पेश गरिदै छ ।
टिप्पणीहरू