नारायणहिटी जानेलाई ‘राजारानी’ अंकित टिसर्ट

नारायणहिटी जानेलाई ‘राजारानी’ अंकित टिसर्ट फाइल फाेटाे

पूर्वराजा ज्ञानेन्द्र शाहको पछिल्लो वक्तव्यपछि उत्साहित राजावादीहरु केही दिनयता विभिन्न किसिमका आन्दोलनमा छन् । राजतन्त्र पुनस्र्थापनाको पक्षमा वकालत गर्दै आएको राप्रपा, राप्रपा नेपाल लगायतका राजनीतिक दल तथा विभिन्न समूह छुट्टा–छुट्टै हिसाबले सडकमा ओर्लिएका हुन् । 

यसैबीच संगठित समूहमा नरहेका स्वतन्त्र राजावादीहरुले पनि काठमाडौँमा प्रदर्शन गर्न लागेका छन् । राजसंस्था र हिन्दुराष्ट्रको पक्षमा बोल्दै आएको एटिएफको अगुवाइमा भोलि उपत्यका केन्द्रित प्रदर्शन हुने जनाइएको छ । 

उक्त संस्थाका अध्यक्ष सन्तोष राजावादीको नेतृत्वमा मध्यान्ह १२ बजे बिजुलीबजार पुलमा जम्मा भएर माइतीघर मण्डला, थापाथली, त्रिपुरेश्वर, सुन्धारा, भोटाहिटी,जमल, दरबारमार्ग हुँदै नारायणहिटीको दक्षिण गेट अगाडि पुगेर कोणसभा गर्ने बताइएको छ ।

यता, भोलिको प्रदर्शनलाई व्यापक बनाउन आज जमलस्थित राष्ट्रिय नाचघर छेउमा रहेको ‘काठमाडौँ उपत्यका नागरिक मूल समन्वय समिति’ को सचिवालयमा एउटा टोली भेला भएको छ । सन्तोष राजावादी, विष्णु राजावादीलगायत तीन दर्जनजति उपस्थित भेलामा भोलिका लागि ‘राजारानी’ अंकित टि–सर्टसमेत बाँडिएको छ ।

टिप्पणीहरू