भूमि बाहेक अरू अध्यादेश पारित गरिँदै
सरकारले भूमिसम्बन्धी अध्यादेश स्थगित गर्ने निर्णय गरेको छ । तर यसअघि जारी छ अध्यादेशमध्ये बाँकी पाँचलाई निर्णयार्थ अघि बढाउने सत्तारुढ दलहरुको निर्णय छ ।
नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले भूमिसम्बन्धी अध्यादेश बाहेक पाँच अध्यादेश संघीय संसदका दुवै सदनबाट स्वीकृतिका लागि पेश गर्न लागिएको जानकारी दिए । सरकारले प्रतिनिधिसभामा भोलि र राष्ट्रियसभामा पर्सि अध्यादेश पेश गर्ने तयारी गरेको छ ।
एमालेले भोलि दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा पाँच वटा अध्यादेश निर्णयार्थ पेश गरिने भएकाले सबै माननीयलाई अनिवार्य उपस्थितिको लागि सूचित गरेको छ ।
यता जसपाका नेता मनिष सुमनले भूमि सम्बन्धी अध्यादेशबाहेक अन्य पाँच अध्यादेश पारित गर्न सरकारलाई साथ दिने बताए । राष्ट्रियसभामा जसपाका तीन सदस्य छन् ।
टिप्पणीहरू