पूर्वराजाको समर्थनमा १० जनाको प्रदर्शन
पूर्वराजा ज्ञानेन्द्र विरविक्रम शाहको फागुन ७ को वक्तव्यप्रति समर्थन जनाउँदै राजवादीको एक समूह सडकमा ओर्लिएको छ ।
'राजावादी स्वतन्त्र समूह' को नाममा आज दिउँसो माइतीघर मण्डलामा केही व्यक्तिले प्रदर्शन गरेका हुन् । मण्डलाको विस्तारीर सडक खण्डमा राष्ट्रिय झण्डासहित उपस्थित भएका करिब १० जनाले राजतन्त्र पुनर्वहालीको माग राखे ।
राजसंस्था र हिन्दु राष्ट्रको पक्षमा बेलाबेला सडकमा नारा लाउँदै आएका मनोज सापकोटा, अनवरत तत्पर फौज (एटिएफ)का सदस्य तारा राजावादी लगायत कार्यक्रममा उपस्थित थिए ।
प्रजातन्त्र दिवसको अवसर पारेर विशेष सम्बोधन गरेका पूर्वराजा ज्ञानेन्द्रले पुन: शक्तिमा फर्किने आसयसहित राजावादीहरुलाई गोलबद्ध हुन अपिल गरेका थिए । दुबै राप्रपा, राष्ट्रिय शक्ति पार्टी हुँदै दुर्गा प्रसाईंसम्मले त्यसप्रति समर्थन जनाउँदै ज्ञानेन्द्रका लागि सडकमा आउने घोषणा गरिसकेका छन् ।
टिप्पणीहरू