अध्यादेश अलपत्र, उपेन्द्रले बोलाए बैठक

अध्यादेश अलपत्र, उपेन्द्रले बोलाए बैठक

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले केन्द्रीय समिति बैठक डाकेका छन् ।

फागुन १८, १९ र २० गते ललितपुरको भोलढोकास्थित ज्यापू प्रज्ञा भवनमा बस्नेगरी बैठक बोलाएको प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । ‘जनतासँग जसपा नेपाल, आधारभूत सङ्गठन निर्माण अभियान’ को समीक्षासँगै समसामायिक राजनीतिबारे बैठकमा छलफल हुने बताइएको छ ।

त्यस्तै, भूमि अध्यादेशको प्रष्ट विपक्षमा उभिएको जसपाले सरकारले ल्याएका अन्य अध्यादेशबारे केन्द्रीय समितिमा छलफल गरेर धारणा बनाउने तयारी गरेको बुझिएको छ । राष्ट्रिय सभामा ३ सिट रहेको यो पार्टी अध्यादेश पास गर्न निर्णायक छ । 

जसपाले विपक्षमा भोट हाल्ने संकेत गरेकै कारण सरकारले निर्णयार्थ पेश गर्न नसकिरहेको अवस्थामा बस्न लागेको बैठकलाई चासोका साथ हेरिएको छ ।
 

टिप्पणीहरू