पशुपतिमा पूजापाठ, टुँडिखेलमा बढाइँ

पशुपतिमा पूजापाठ, टुँडिखेलमा बढाइँ
सुन्नुहोस्

शिवरात्रिका अवसरमा पशुपतिनाथको मन्दिरमा रातिदेखि नै श्रद्धालुहरुको भिड लागेको छ । राति २ बजेदेखि मन्दिरको चार वटै ढोका खोलिएको र बिहान उज्यालो हुनुअघि नै करिब १५ हजार भक्तजनहरु पशुपति दर्शन गरेर बाहिरिएको जनाइएको छ ।

उज्यालो भएपछि भक्तजनको भिड बढेको छ । राम मन्दिरको लाइन पूर्वी ढोकाबाट, भुवनेश्वरी मन्दिर, गौशाला र जयबागेश्वरसम्मको लाइन पश्चिम ढोकाबाट, उमाकुण्डको लाइन उत्तर ढोकाबाट र तिलगंगाबाट आएको लाइनलाई दक्षिण ढोकाबाट दर्शनको व्यवस्था मिलाइएको छ । 

नेपाली सेनाको २६२ औं वार्षिकोत्सव तथा सेना दिवसको अवसरमा टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा हेलिकोप्टरबाट पुष्पवृष्टिलगायत विभिन्न सैनिक कला प्रदर्शन गरेको छ ।

तस्बिरहरु

टिप्पणीहरू