अन्तरजातीय प्रेम विवाहको विवादमा प्रहरी गाडी र गोदाममा आगजनी

अन्तरजातीय प्रेम विवाहको विवादमा प्रहरी गाडी र गोदाममा आगजनी

पश्चिम नवलपरासीमा भएको झडपमा इलाका प्रहरी कार्यालय महेशपुरको गाडीमा आगजनी गरिएको छ । त्यस्तै केटी पक्षको घर नजिकैको गोदाममा पनि आगो लगाइएको छ ।

पाल्हिनन्दन गाउँपालिका–३ बेलासपुरमा भएको भिडन्तमा १५ जना घाइते भएका छन् । तीमध्ये पाँच जना प्रहरी भएको बताइन्छ । स्थानीय एक युवक र युवतीबीच अन्तरजातीय प्रेमपछि हुन लागेको विवाहको विषयलाई लिएर भएको झडप आगजनीमा परिणत भएको हो ।

मुसलमान समुदायकी युवती र धोबी युवकबीचको प्रेम विवाहलाई लिएर भएको झडपमा आधा दर्जन अश्रुग्यास र तीन राउण्ड हवाइ फायर गरिएको छ । हिजो केटाका भाइलाई केटी पक्षले कुटपिट गरेको आरोप छ ।

टिप्पणीहरू