प्रधानमन्त्री पुग्नुअघि तीन जना पक्राउ

प्रधानमन्त्री पुग्नुअघि तीन जना पक्राउ
सुन्नुहोस्

प्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्ध नाराबाजी गर्नखोज्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रधानमन्त्री ओली सहभागी हुने कार्यक्रम बिथोल्न खोजेको आरोपमा राजु सुनुवार, किरण केसी र राजेश दाहाल पक्राउ परेका छन् । 

जोरपाटीस्थित नेपाल मेडिकल कलेज तथा शिक्षण अस्पतालको रजत जयन्ती समारोहमा सहभागी हुन प्रधानमन्त्री ओली दिउँसो ३ बजे त्यहाँ पुग्नुभएको थियो । प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने योजना बनाइएको सूचनापछि कार्यक्रमअघि नै ती तीन जनालाई नियन्त्रणमा लिइएको प्रहरीको दाबी छ ।

प्रधानमन्त्री ओली मेडिकल कलेजको रजत जयन्ती समारोह र नवनिर्मित डेन्टल कलेज भवनको उद्घाटन गरेर भर्खर कार्यक्रमस्थलबाट फर्कनुभएको छ ।

टिप्पणीहरू