सांसदहरुले मागे युएसएडको खर्च, ट्रम्पबारे छलफल गर्न सूर्य थापाको सुझाव

सांसदहरुले मागे युएसएडको खर्च, ट्रम्पबारे छलफल गर्न सूर्य थापाको सुझाव
सुन्नुहोस्

प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिका सांसदहरुले अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएड) ले नेपालमा गरिएको खर्चको विवरण सार्वजनिक गर्न आग्रह गरेका छन् । उक्त नियोगको खर्च मुलुकको कुन कुन स्थानमा, कहिले र कहाँ भएको थियो भन्नेबारे जनतालाई सुसूचित गर्नुपर्ने माग सांसदहरुको छ ।

समितिको आजको बैठकमा सांसद गंगा कार्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रड भनेको सहायता रकमको प्रयोगबारे सरकारले विवरण सार्वजनिक गर्नुपर्ने धारणा राखेकी हुन् ।
सांसद ज्ञानेन्द्रबहादुर कार्कीले पनि अमेरिकी राष्ट्रपतिको भनाई उल्लेख गर्दै वास्तविकता सार्वजनिक गर्न आग्रह गरे । मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) को अनुदान सम्बन्धी सम्झौता कार्की अर्थमन्त्री हुँदा भएको थियो ।

अर्का सांसद सूर्य थापाले अमेरिकी राष्ट्रपतिले फ्रड भनेको विषय संसदमा छलफल गरिनुपर्छ भने । अर्थ मन्त्रालयसँग युएसएडको विवरण मागेर संसदमा कुरा छलफल गर्नुपर्ने उनको धारणा छ । 

टिप्पणीहरू