उपेन्द्रपछि होली खेल्न विदेश उडे सिके राउत

उपेन्द्रपछि होली खेल्न विदेश उडे सिके राउत
सुन्नुहोस्

जनमत पार्टीका अध्यक्ष डा. सिके राउत संयुक्त अरब इमिरेट्सको दुबई गएका छन् । उनी गैरआवासीय मधेसी संघ युएईको निम्तो मान्न दुबई गएका हुन् ।

मधेसी संघले दुबईमा होली कार्यक्रम राखेको छ । सोही कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी हुन राउत त्यता गएका हुन् ।

यस्तै जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादव पनि कतार गएका छन् । नेपाली समाज कतार, मधेश प्रदेश समन्वय परिषद् कतार र त्यसअन्तर्गत रहेका संघ संगठनको आयोजनामा मनाउन लागिएको होली महोत्सव, रमादान पर्व र शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुन यादव बुधबार त्यता गएका हुन् ।

उनी एअर इण्डियाको उडानमा भारतको राजधानी नयाँ दिल्ली हुँदै कतार गएको र फागुन १२ गते हिमालय एअरलाइन्सको उडानमा दुबई हुँदै स्वदेश फर्कने छन् ।

टिप्पणीहरू