पार्टी महाधिवेशन तोकिएको समयमा हुँदैन : काँग्रेस प्रवक्ता
नेपाली काँग्रेसका प्रवक्ता एवम् सांसद डा. प्रकाशशरण महतले पार्टीको महाधिवेशन तोकिएको समयमा नहुने बताएका छन् । उनले तयारी अभावका कारण महाधिवशेन केही समयपछि गर्नुपर्ने अवस्था देखिएको उल्लेख गरेका छन् ।
चितवनमा बोल्दै महतले भने, ‘समयमै अधिवेशन गर्न तयारी पुगेको छैन । अहिले नेतृत्वभन्दा पनि पार्टी निर्माणमा दौड लगाउनुपर्छ । एक वर्ष थप्ने प्रचलन नै भएको छ ।’
विधानमै अर्को डेढ वर्षसम्म थप्न मिल्ने व्यवस्था भएकाले केन्द्रीय समितिले आवश्यकतानुसार निर्णय गर्नसक्ने महतको दाबी छ ।
टिप्पणीहरू