बबरमहलमा फुटेको पाइप मर्मत गरिँदै

बबरमहलमा फुटेको पाइप मर्मत गरिँदै

नेपाल विद्युत् प्राधिकरणले बिजुलीको तार भूमिगत गर्नका लागि ‘होरीजोन्टल ड्रिलिङ’ गर्ने क्रममा बबरमहलमा रहेको खानेपानीको थोक वितरण प्रणालीको फुटेको पाइप मर्मत शुरु भएको छ ।  

गएरातिदेखि मर्मत कार्य थालिएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले जनाएको छ । उक्त पाइप फुट्दा हिजो दिउँसो बबरमहल क्षेत्र जलमग्न भएको थियो । 

करिब ४ घण्टासम्म पानी बग्दा बबरमहल क्षेत्र नै डुबानमा परेको र विशेष अदालतसहितका सरकारी कार्यालयमा पानी पसेर क्षति पुगेको थियो ।
 

टिप्पणीहरू