काँग्रेसले थप्यो प्रशिक्षण प्रतिष्ठानमा निर्देशक

काँग्रेसले थप्यो प्रशिक्षण प्रतिष्ठानमा निर्देशक

नेपाली काँग्रेसले नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा दुई निर्देशक नियुक्त गरेको छ । पार्टी उपसभापतिसमेत रहेका प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्काले दुई जनालाई निर्देशकमा नियुक्त गरेका हुन् । 

जसअनुसार प्रशिक्षणतर्फ कास्कीका डा.कृष्णप्रसाद पौडेल र अनुसन्धानतर्फ चितवनका डा.सञ्जय महतो थारु नियुक्त भएका छन् । उनीहरुलाई काँग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ३६ बमोजिम निर्देशक पदमा नियुक्त गरिएको पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले जनाए ।

टिप्पणीहरू