धादिङ र काभ्रेका दुई पालिकामा जनयुद्ध दिवस बिदा

धादिङ र काभ्रेका दुई पालिकामा जनयुद्ध दिवस बिदा

नेकपा माओवादी केन्द्रले मनाउँदै आएको जनयुद्ध दिवसको अवसरमा भोलि धादिङको गजुरी गाउँपालिका र काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिकाले सार्वजनिक बिदा घोषणा गरेका छन् । २०५२ फागुन १ गतेदेखि भएको १० वर्षे लामो जनयुद्धको सम्झनामा भोलि बिदा दिइएको पालिकाहरुले जनाएका छन् ।

भोलि ती दुबै गाउँपालिकाका सबै सरकारी कार्यालय, शिक्षण संस्थालगायत सरकारी कार्यालयहरु बन्द हुने जारी विज्ञप्तिमा उल्लेख छ ।

यता पार्टी मुख्यालय, पेरिसडाँडामा जनयुद्ध दिवसको अवसरमा भोलि बिहान विशेष कार्यक्रम राखिएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा आयोजना गर्न लागिएको कार्यक्रममा सहभागी हुन माओवादीले राजधानीमा रहेका पार्टी नेता तथा कार्यकर्ताहरुलाई आह्वान गरेको छ ।

टिप्पणीहरू