रवि लामिछानेलाई छोड्ने आदेश बदर गर्न माग
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाका प्रतिवादी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थुनामा राखी अनुसन्धान गर्न माग गर्दै उच्च अदालत पाटनमा निवेदन दर्ता भएको छ ।
स्वर्णलक्ष्मी सहकारी ठगीको मुद्दामा ६० लाख धरौटी लिएर छोड्ने जिल्ला अदालत काठमाडौँको आदेश बदर गरी थुनामा पठाउन माग गर्दै उच्च सरकारी वकिल कार्यालयले आज मुद्दा दायर गरेको हो । उक्त सहकारी ठगीको मुद्दामा पक्राउ परेका लामिछानेसहित चारै जनालाई न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले धरौटीमा छोडेन आदेश दिएको थियो । सरकारी वकिलले चारै जनालाई थुनामा राख्न माग गरेका छन् ।
यसअघि पोखराको सूर्यदर्शन सहकारी ठगीको मुद्दामा पनि जिल्ला अदालतको आदेशविरुद्ध सरकारी वकिलले उच्चमा निवेदन दिएका थिए । न्यायाधीश नीतिज राईको इजलासले पुस २५ गते लामिछानेसहित सात जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
टिप्पणीहरू