संसद पुग्यो ‘श्री ५ को सरकार’

संसद पुग्यो ‘श्री ५ को सरकार’

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपाल स्काउटको कर्मचारी सेवा नियमावली नपढेरै ‘श्री ५ को सरकार’ वाक्यलाई स्वीकृति दिएको विषय संसदमा प्रवेश गरेको छ । आजको राष्ट्रिय सभा बैठकमा नेकपा माओवादी केन्द्रका सांसद मायाप्रसाद शर्माले २०४७ सालको संविधान कार्यान्वयन हो की ? संशोधन भइसक्यो ? भन्दै जवाफ मागेका हुन् । 

संघीय सरकारका विभागीय मन्त्रीले संवेदनशील दस्तावेजको अध्ययन नगरेकोमा उनले आश्चार्य पनि व्यक्त गरे । ‘युवा तथा खेलकुदमन्त्रीज्यूले कार्य सम्पादन अनुसूची ४ (१) बमोजिम फारम मूल्यांकनमा श्री ५ को सरकारले प्रचलित कानुनअनुसार ल्याएको भन्ने कुरा आएको छ’, उनले भने, ‘यो के हो ? २०४७ सालको संविधान कार्यान्वयन हो की ? संशोधन भइसक्यो ? बुझ्न चाहन्छु ।’

मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्था आए पनि मन्त्री चौधरीले ‘श्री ५ को सरकारले प्रचलनमा ल्याएको अनुसार नै हुनेछ’ वाक्यांश अध्ययन नगरी दस्तावेजमा हस्ताक्षर गरेको भन्दै सर्वत्र आलोचना भइरहेको छ । यद्यपि, मन्त्री चौधरीको सचिवालयले भने भुलवशः उक्त वाक्य परेको दाबी गरेको छ ।
 

टिप्पणीहरू