चिसापानीदेखि गड्डाचौकीसम्म छ लेनको राजमार्ग : परराष्ट्रमन्त्री
परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले पूर्वपश्चिम राजमार्गको चिसापानी–गड्डाचौकी सडकखण्ड छ लेनको बनाइने बताउनुभएको छ । यसका लागि छिट्टै काम थालिने उल्लेख गर्दै उहाँले त्यसका लागि सर्वेक्षणको काम भइरहेको उल्लेख गर्नुभयो ।
उहाँले कैलालीको लम्कीचुहा नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गर्ने क्रममा राजमार्ग फराकिलो बनाउन लागिएको जानकारी दिनुभएको हो । मन्त्री राणाले भन्नुभयो, ‘राजमार्गलाई छ लेन बनाउन सुदूरपश्चिमका मुख्यमन्त्री लाग्नुभएको छ ।’
पछिल्लो केही दिनदेखि सुदूरपश्चिमको कैलालीमा आयोजित नेपाली काँग्रेसका विभिन्न कार्यक्रममा सहभागी हुँदै मन्त्रीले पुल, विद्यालय भवनको उद्घाटन तथा शिलान्यास गर्नुभएको छ ।
टिप्पणीहरू