आजदेखि सबै पालिकामा बैंकिङ सुविधा

आजदेखि सबै पालिकामा बैंकिङ सुविधा

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बझाङको सैपाल गाउँपालिकामा बैंक शाखाको शुभारम्भ गरेका छन् । स्थानीय धलौन टोलको भाउखाडो मन्दिर नजिकै स्थापना गरिएको शाखा कार्यालयको औपचारिक उद्घाटनपछि मुलुकभरका ७५३ पालिकामा बैंकिङ सेवा प्रवाह भएको छ ।

साइपाल गाउँपालिकाको वडा नम्बर १ मा रहेको उक्त शाखा कार्यालयबाट पालिकाको केन्द्र पुग्न आठ घण्टा पैदल यात्रा गर्नुपर्छ । त्यहाँबाट दुई दिन हिँडेपछि मात्रै पालिकाको अन्तिम विन्दु तथा उत्तरी छिमेकी मुलुक चीनको स्वशासित क्षेत्र सिचाङको सिमाना पुगिन्छ ।

गत असोजमा स्थापना गरिएको एभरेष्ट बैंकको शाखा कार्यालयको औपचारिक उद्घाटन आज गरिएको हो । पछिल्लो चार महिनाको अवधिमा स्थानीयको खाता खोल्ने र सामाजिक सुरक्षा भत्ताको काम भएको बुझिएको छ ।

गभर्नर अधिकारी बैंकका एक जना सहायक निर्देशकसँगै हिजो काठमाडौंबाट सुर्खेत हुँदै आज बिहान त्यहाँ पुगेका हुन् । सुर्खेतबाट साइपाल र साइपालबाट सुर्खेतसम्मको जाउआउ हेलिकोप्टरमा मिलाइएको थियाे ।

Video Source: Facebook/Randhoj Dhamee

टिप्पणीहरू