बागमतीबाट बार काउन्सिलमा एमाले उम्मेदवार बिजयी

बागमतीबाट बार काउन्सिलमा एमाले उम्मेदवार बिजयी

नेपाल कानुन व्यवसायी परिषद्को हिजो सम्पन्न निर्वाचनमा एमाले उम्मेदवारले प्रतिस्पर्धी काँग्रेसी उम्मेदवारभन्दा छ सय मत बढी ल्याएका छन् ।  बागमती प्रदेश उम्मेदवार रविनारायण खनालले प्रतिस्पर्धी पर्शुराम कोइरालालाई ६०७ मतले पराजित गरेका छन् ।

कोइरालाले एक हजार ८४२ र खनालले दुई हजार ४४९ मत प्राप्त गरेको देखिएको छ । अन्य विजयीमा कोशी प्रदेशबाट राजु ढकाल ४५०, मधेश प्रदेशका सन्जिवकुमार मल्लिक २७१ र गण्डकीका दयाराम गौतम ३१२  छन् । 

प्राप्त परिणामअनुसार लुम्बिनी प्रदेशका इश्वरीप्रसाद ज्ञवाली ४३८, कर्णालीबाट मातृकाप्रसाद खनाल ७३ तथा सुदूरपश्चिम प्रदेशका टेकबहादुर कठायत १४५ मतसहित विजयी भएका छन् ।

टिप्पणीहरू