गृहमन्त्री रमेश लेखकविरुद्ध माइतीघरमा नाराबाजी

गृहमन्त्री रमेश लेखकविरुद्ध माइतीघरमा नाराबाजी

अन्तरजातीय बिबाह गरेका दलित युवामाथि अत्याचार गरेको आरोप लागेका गृहमन्त्री रमेश लेखकविरुद्ध सडकमा नारा लागेको छ । 

'दलितका लागि दलित अभियान' ले आज माइतीघर मण्डलामा गृहमन्त्रीको राजीनामा माग्दै विरोध प्रदर्शन गरेको हो । अन्तरजातीय बिहे गर्ने एक दलित युवामाथि गृहमन्त्री लेखकको निर्देशनमा अत्याचार गरिएको प्रदर्शनकारीको दावी छ । 

प्रदर्शनका क्रममा 'दलितमाथि हिंसा गर्ने गृहमन्त्री रमेश लेखकलाई कारबाही गर', 'गृहमन्त्री रमेश लेखकलाई सामाजिक बहिष्कार गरौं', लेखिएको ब्यानर देखाइएको छ । प्रदर्शनपछि पत्रकार सम्मेलन गरेर यस विषयमा बिस्तृत जानकारी गराउने तयारी छ । 

सर्लाहीको बरहथवा नगरपालिका– ४ का सत्येन्द्रकुमार राम (चमार) र बरहथवा– ५ की नेहा रौनियारलाई अन्तरजातीय प्रेमविवाह गरेकै कारण गृहमन्त्री लेखकको संरक्षण र उच्च प्रहरी अधिकारीकै संलग्नतामा ज्यादती गरेको आरोप छ ।

टिप्पणीहरू