गुणस्तरहीन दुई औषधी बजारमा प्रतिबन्ध

गुणस्तरहीन दुई औषधी बजारमा प्रतिबन्ध

औषधी व्यवस्था विभागले दुई वटा औषधीको किनबेचमा प्रतिबन्ध लगाएको छ । बजार अनुगमनको क्रममा गुणस्तरहीन पाइएपछि ती औषधि बेचबिखनमा निषेध गरिएको हो । 

विभागका अनुसार बाराको एभरेष्ट प्यारेन्टेरल्स प्रालिद्धारा उत्पादित ब्याच नम्बर ईसीई १४० रहेको ईभासीड आई–एयर ड्रप र धनुषाको लोमस प्यारेन्टेरल्स प्रालिद्धारा उत्पादित ब्याच नम्बर ए०४डब्लुजे०१० रहेको डेक्सट्रोज एण्ड सोडियम क्लोराइड इन्जेक्शन गुणस्तरहीन भेटिएको छ । 

औषधी ऐन, २०३५ को दफा १४ बमोजिम उक्त औषधी बेचबिखन रोक्का गरिएको जनाउँदै विभागले तत्काल बजारबाट फिर्ता लैजान समेत निर्देशन दिएको छ । ‘तपसिलको ब्याच नं. को औषधीहरु न्यून गुणस्तर भएको पाइएकोले उक्त बनावट भएको औषधी औषधी ऐन, २०२५ को दफा १४ बमोजिम बिक्रीवितरण रोक्का गरी बजारबाट तुरुन्त फिर्ता गर्नू,’ विभागले भनेको छ ।

सोको विवरण विभागमा पेश गर्न सम्बन्धित उद्योग तथा तिनका प्रतिनिधिलाई विभागको निर्देशन छ । साथै, ती औषधीको सिफारिस, किनबेच र प्रयोग नगर्न पनि अनुरोध गरिएको छ ।

टिप्पणीहरू