‘एक्टर’सँग सहमतिपछि ‘एक्टरः टेक वान’ रिलिज

कानुनी लफडामा फसेकाे चलचित्र ‘एक्टरः टेक वान’ अन्तत: प्रदर्शनमा आएको छ । काठमाडौँ जिल्ला अदालतबाट 'तत्काल प्रदर्शन रोक्नुपर्ने अल्पकालीन अन्तरिम आदेश' व्यहोरेको उक्त चलचित्र दुई पक्षबीचको सहमति र समझदारीसँगै आजैदेखि प्रदर्शनमा आएको हो ।
चलचत्रिको उस्तै नाम राखेर बोद्धिक सम्पति चोरी गरेको भन्दै ‘एक्टर’को निर्माण टिमले ‘एक्टरः टेक वान’विरुद्ध अदालतमा प्रतिलिपि अधिकारसम्बन्धीको मुद्धा दायर गरेको थियो । तर, हिजो बिहान दुवै चलचित्रको निर्माण टिमबीच लिखित सहमति भएसँगै प्रदर्शनको बाटो खुलेको हो ।
के कुरामा सहमति भयो, ठोस कारण भने खुलाइएको छैन । तर, एक्टर निर्माण टिमले अदालतमा विचाराधीन मुद्धा फिर्ता लिने सहमति भएको बुझिएको छ । सहमतिपत्रमा ‘एक्टर’का तर्फबाट सम्राट थापा र ‘एक्टर स् टेक वन’को तर्फबाट थमनकुमार भण्डारी र मोती कार्कीले हस्ताक्षर गरेका छन् ।
अस्तिबाट प्रदर्शनमा आउनुपर्ने चलचित्र विवादका कारण रोकिएको थियो । अहिले चलचित्रका कलाकारहरु राजधानीका विभिन्न सिनेमा हलमा पुगेर दर्शकको प्रतिक्रिया बुझिरहेका छन् ।
टिप्पणीहरू