प्रधानमन्त्रीको निर्देशनपछि ठेकेदारहरुको आन्दोलन स्थगित

प्रधानमन्त्रीको निर्देशनपछि ठेकेदारहरुको आन्दोलन स्थगित

नेपाल निर्माण व्यवसायी महासंघले आन्दोलनका पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रम स्थगित गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग हिजो भएको छलफल सकारात्मक देखिएको जनाउँदै महासंघले आन्दोलनका पूर्वघोषित सबै कार्यक्रम स्थगन गरेको जनाएको छ ।

यसअघि निर्माण उद्योगमा देखिएका विद्यमान समस्यासहित सरकारको विकास निर्माणको काम गरेबापत भुक्तानी नपाएपछि महासंघले गत पुस २७ गते काठमाडौंमा राष्ट्रिय भेला आयोजना गरेर आन्दोलन घोषणा गरेको थियो । जसअनुसार माघ १८ गतेदेखि राजधानीमा धर्नालगायत संघर्षका कार्यक्रम गर्ने उल्लेख थियो ।

हिजो साँझ बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले माग सम्बोधनका लागि कार्यदल गठन गर्न निर्देशन दिएकाले ठेकेदारहरुले तत्कालका लागि पूर्वघोषित आन्दोलनका कार्यक्रम स्थगित गरेका हुन् ।

टिप्पणीहरू