क्याबिनेट र एमाले बैठक एक घण्टा ढिलो, प्रधानमन्त्री आक्रोशित

क्याबिनेट र एमाले बैठक एक घण्टा ढिलो, प्रधानमन्त्री आक्रोशित

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय दलको बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति आक्रोश पोख्नुभएको छ । उहाँले प्रचण्डका विगतका भनाइलक्षित जवाफमा वर्तमान सरकार २०८४ को आमनिर्वाचनपछि मात्रै फेरिने बताउनुभएको छ ।

प्रचण्डले अस्थिरता मच्चाउन सरकार ढल्ने कुरो गरेको एमाले अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्रीको दाबी छ । उहाँले स्वीस बैंकमा आफू र श्रीमती राधिका शाक्यको नाममा पैसा जम्मा गरेको अनर्गल प्रचार गरिएकोमा पनि आक्रोश पोख्नुभएको छ ।

एमाले सांसदहरुलाई संसद बैठकमा तथ्यसहित डटेर प्रस्तुत हुन उहाँको निर्देशन छ । संसदीय दलको बैठक दिउँसो १ बजे बोलाइए पनि झण्डै २ बजेदेखि संसद भवनको ल्होत्से हलमा शुरु भएको हो । 

त्यसअघि सिंहदरबारमा बिहान ११ बजे डाकिएको क्याबिनेट बैठक पनि एक घण्टा ढिलो शुरु भएकाले प्रधानमन्त्रीको व्यस्तताका कारण एमाले बैठक प्रभावित भएको बताइएको छ ।

टिप्पणीहरू