आमाको शव देखेर ढलेकी छोरीको देहान्त

आमाको शव देखेर ढलेकी छोरीको देहान्त
सुन्नुहोस्

बझाङमा आमाको शव देखेर बेहोस भएकी छोरीको निधन भएको छ । थलारा गाउँपालिका-९ आमबगर टोलमा यस्तो दुखदायी घटना भएको हो ।

लामो समयदेखि स्वास्थ्य स्वयंसेविकासमेत रहेकी पञ्चमाला जोशीको शनिबार ढुंगा लागेर ज्यान गएको थियो । मालुमेला विद्यालय नजिकै बाटोमा हिंडिरहेका बेला माथिबाट खसेको ढुंगा लागेको थियो । 

आमाको मृत्युपछि धनगढीमा पढिरहेकी छोरी रोहिणी आइतबार घर गएकी थिइन् । स्थानीयका अनुसार शव देख्नबित्तिकै उनी बेहोस भएर ढलिन् । हिजो अपरान्हसम्म बेहोस अवस्थामै रहेकी उनको अवस्था पनि गम्भीर बन्दै गएपछि आफन्तले चैनपुरस्थित जिल्ला अस्पताल पुर्याएकोमा चिकित्सकहरुले मृत घोषणा गरेका हुन् । 

आमा-छोरीको मृत्युको कारण यतिबेला आमबगर गाउँ शोकमा डुबेको छ ।
 

टिप्पणीहरू