आइजीपीहरुको टोली राजधानी फर्क्यो, गृहसचिव जाजरकोटतिर

आइजीपीहरुको टोली राजधानी फर्क्यो, गृहसचिव जाजरकोटतिर
सुन्नुहोस्

सुर्खेत गएको सुरक्षा निकायका प्रमुखहरुको टोली राजधानी फर्केको छ । नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापालगायत सात जनाको टोली सुर्खेतबाट बिहान ११ बजे काठमाडौं आइपुगेको बताइन्छ । 

टोली सवार बुद्ध एअरको सोही उडानबाट कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री राजकुमार शर्मा पनि यता आएका छन् । गृहमन्त्री रमेश लेखक केहीबेरमा काठमाडौं फर्कने कार्यक्रम छ । गृहसचिव गोकर्णमणि दुवाडी त्यताबाट जाजरकोट गएको बताइन्छ । 

सुर्खेतमा हिजो आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन गृहमन्त्री लेखक, गृहसचिव दुवाडी, तीन वटै सुरक्षा निकायका प्रमुखलगायत १४ जनाको टोली आइतबार दिउँसो बुद्ध एअरको उडानमा काठमाडौंबाट सुर्खेत गएको थियो ।
 

टिप्पणीहरू